निसानको चौँथो जेनेरेसनको एक्स-ट्रायल सार्वजनिक, मूल्य कति ?

Advertisement

काठमाडौँ । निसानले नेपालमा नयाँ चौँथो जेनेरेसनको एक्स–ट्रायल सार्वजनिक गरेको छ । सन् २००१ मा एस–ट्रायलको उदय पछि विश्वभर ७ मिलियन भन्दा बढी गाडीहरू बिक्री भएका छन् ।  

नेपाली रुपियाँ १.८७ करोडको प्रारम्भिक मूल्यमा सुरु भएको, निसान एक्स–ट्रायलले नवीनतम मोबिलिटि सोलुसनहरू प्रस्तुत गर्ने ब्रान्डको प्रतिबद्धतालाई मूर्त रूप दिन्छ । साथै, यसले ग्राहकहरूलाई आकर्षक एक्सटेरियर र इन्टेरियर डिजाइन, परिष्कृत सुरक्षाको साथ यो श्रेणीमै उच्चस्तरको सुविधा प्रदान गर्दछ ।

Advertisement

नेपालमा निसानको आधिकारिक वितरक, पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप सारडाले भने, ‘नेपालमा नयाँ एक्स–ट्रायल ईपावर, पेट्रोल इन्जिन ब्याकअप भएको इलेक्ट्रिक ड्राइभिङ हुने गाडी सार्वजनिक गर्न पाउँदा हामी खुसी छौँ । एक्स–ट्रायल ईपावर ठूलो, आरामदायी, र बहुपयोगी एसयूभी चाहने ग्राहकहरूका लागि उत्कृष्ट छनोट हुनुको साथै वातावरणमैत्री, प्रभावकारी र चलाउन रमाइलो सवारी साधन पनि हो । एक्स–ट्रायल ईपावर नविनतम मोबिलिटि सोलुसनहरूमार्फत मानिसहरूको जीवनलाई सहज बनाउने निसानको दृष्टिकोणको प्रमाण हो ।”

यस नयाँ संस्करणको लागि, निसानले एक्स–ट्रायलको अघिल्लो तीन जेनेरेसनहरूमा झैँ बलियो संरचना, सहज प्रविधिसहितको एसयूभी डिजाइन, लचिलो उपयोगिता, र अल–ह्विल–ड्राइभ क्षमतासहितको पावरट्रेनलगायत सुविधा रहेको छ । परिवार वा साथीहरूसँगको लागि एक सुविधाजनक विकल्प प्रदान गर्दै नयाँ एक्स ट्रायल सात–सिटर कन्फिगरेसनमा उपलब्ध छ ।
 

Advertisement

Advertisement