रु. १ हजार कर उठाउन रु. ३.३८ खर्च गर्छ विभाग

Advertisement

काठमाडौं । आन्तरिक राजश्व विभागले एक हजार रुपियाँ राजश्व उठाउन ३.३८ रुपियाँ खर्च गर्ने गरेको दावी गरेको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९–८० मा रु. एक हजार राजश्व संकलन गर्न रु. ३.३८ खर्च भएको हो ।

यो खर्चमा कर्मचारीको तलब भत्ता, विज्ञापन शुल्क, कार्यालय भाडा, प्राविधिक खर्च पनि समावेश हुने गरेको छ । गत वर्ष विभागले चार खर्ब ७९ अर्ब ७९ करोड राजश्व अशुल गरेको थियो । सो वर्ष विभागले चालु तथा पुँजीगत खर्च शीर्षकमा एक अर्ब ४१ करोड रुपियाँ खर्च गरेको छ । यसअनुसार प्रतिहजार राजश्व अशुल गर्न विभागले ३.३८ रुपियाँ खर्च गरेको हो । 

Advertisement

पछिल्लो चार आर्थिक वर्षमा विभागले सबैभन्दा धेरै खर्च आर्थिक वर्ष २०७६–७७ मा गरेको छ । यो वर्ष प्रतिहजार राजश्व असुल गर्न विभागले ३.६२ रुपियाँ खर्च गरेको छ । यस्तै, सबैभन्दा कम खर्च आर्थिक वर्ष २०७८–७९ मा भएको देखिन्छ । यो वर्ष विभागले चार खर्ब ८३ अर्ब ४८ करोड राजश्व अशुल गरेको थियो जसका लागि दुई अर्ब १७ करोड खर्चिएको थियो । आर्थिक वर्ष २०७७–७८ मा प्रतिहजार २.५२ रुपियाँ प्रतिहजार उठाउन खर्च गरेको थियो। 

Advertisement