खाँडले उन्मुक्ति पाएकै दिन उन्मुक्ति पाएका साँसद कोइरीको निलम्बन फुकुवा भयो

Advertisement

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । हत्या अभियोगमा गत वैशाख १९ गते निलम्बनमा परेका उनलाई आइतबार निलम्बन फुकुवा गरिएको हो । 

कोइरीविरुद्धको मुद्दाको फैसला केही दिनअघि भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँड थुनामुक्त भएकै दिन सफाई पाएका थिए । 

Advertisement

कोइरीलाई २०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागेका  फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएको थियो । त्यस बेलादेखि नै फरार रहेको उनी गएको संसदीय चुनावमा महोत्तरी १ बाट निर्वाचित भएका थिए ।

Advertisement