असफल सावित भएको मेलम्चीको पानी एक महिनामा काठमाडौं ल्याउने प्रधानमन्त्रीको दावी

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको पानी एक महिनाभित्र काठमाडौंमा ल्याउने लक्ष्यसहित काम भइरहेको दावी गरेका छन् । 

एशियाली विकास बैंक (एडीबी)को ऋण लगानीमा उसकै डिजाइन र उसैले छानेको निर्माण कम्पनीले बनाएको यो आयोजना असफल भएकाले एडीबीले सबै ऋण अनुदानमा बदल्नुपर्ने आवाज उठिरहेको बेला प्रधानमन्त्री दाहालले एक महिनाभित्र पानी ल्याउने दावी गरेका हुन् । 

Advertisement

मंगलवार राष्ट्रको नाममा सम्बोधन गर्दै दाहालले मेलम्चीको पानी उपयोग गर्न नपाएको गुनासो आफूले सुनिरहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि आफूले सम्बन्धित निकायसँग छलफल गरिरहेको बताए । 

मेलम्ची खानेपानीको समस्याबारे आफूले सबै सम्बन्धित निकायसँग छलफल गरी समाधानका लागि काम अघि बढाएको उनले बताए । दाहालले भने, ‘मेलम्चीको पानी काठमाडौं आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुछ । १७ करोड लिटर पानी एक महिना भित्र सुन्दरीजलमा पु¥याउने लक्ष्यसहित २८ दिनको कम्प्याक्ट योजनासहित अहिले म काम गरिरहेको छु । मेलम्चीको दोस्रो चरणको आयोजनाबारे पनि संवाद जारी छ । त्यतिमात्रै होइन खानेपानी सम्बन्धि काम गर्ने निकायको संरचनागत सुधार गर्नेतर्फ प्राथमिकता रहनेछ ।’

मेलम्चीको बाँधभन्दा माथि निकै ठूलो डेब्रिव (ढुंगा र बालुवाको थुप्रो) हुँदाहुँदै र नेपाल बढी पहिरोको जोखिमयुक्त मुलुक भएको कुराको वातावरणीय तथा भौगर्भिक अध्ययन नगरी हचुवाको भरमा एडीबीले अध्ययन गरेर आयोजनाको निर्माण अघि बढाउँदै अहिले आयोजनाको बाँध हरेक बर्ष बाढीले क्षति पुर्याएर अर्बौं रुपियाँ नोक्सानी हुने अवस्था सिर्जना भएो वरिष्ठ इन्जिनियरहरुले बताउँदै आएका छन् । 

Advertisement