‘गुरुजीबाट साहुजी’ बनाउने अशोक लेल्याण्डको यस्तो छ योजना

Advertisement

काठमाडौं । अशोक लेल्याण्ड गाडीका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता आइएमई मोटर्सले ‘गुरुजीबाट साहुजी २०२४’ बनाउने योजना ल्याएको छ । मात्र १ लाख ५० हजार रुपियाँँमा दोस्त गाडी खरिद गर्न सकिने गरी कम्पनीले यो योजना ल्याएको हो ।

‘हामीले गतवर्ष पनि यसप्रकारको योजना ल्याएका थियौं, चालकहरुलाई स्वरोजगार बनाउने उद्देश्य अनुसार अभियान सञ्चालन गरिएको हो’, कम्पनीका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरनिकले  बताए । 

Advertisement

अशोक लेल्याण्डका लाइट कमर्सियल भेइकल (दोस्त) सिरिजका गाडीहरुमा यो योजना लागु गरिएको छ । यो योजना अन्तर्गत ८० प्रतिशतसम्म बिना धितो कर्जा शुलभ ब्याजदर उपलब्ध हुनेछ । पाँच वर्षको वारेन्टी सुविधा पनि उपलब्ध छ ।

शक्तिशाली डिजेन इन्जिनमा उपलब्ध यो गाडी पावर डेलिभरीका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । माइलेज पनि राम्रो रहेकाले दोस्तका ग्राहकहरु लाभान्वित हुने कम्पनीले जनाएको छ ।

अरुको गाडी चलाइरहेका गुरुजीलाई आफ्नै गाडी खरिद गरी व्यापार व्यवसाय गर्न तथा स्वरोजगार बन्न यो योजना लाभान्वित हुने कम्पनीको विश्वास छ । अशोक लेल्याण्डका शाखाहरुबाट योजनाका बारेमा विस्तृत जानकारी दिन सकिने कम्पनीले जनाएको छ ।
 

Advertisement

Advertisement