जीवन बीमा कम्पनीले आर्जन गरे १२ अर्ब ३१ करोड बीमाशुल्क, गतवर्ष भन्दा १ करोड १९ लाख घट्यो

Advertisement

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत मंसिर महिनामामात्रै १ अर्ब १९ करोड रुपियाँ कम बीमाशुल्क आर्जन गरेका छन् । 

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनामा १२ अर्ब ३१ करोड ८ लाख रुपियाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् भने गत आवको समीक्षा अवधिमा १३ अर्ब ५० करोड ७६ लाख रुपियाँ बराबरको बीमाशुल्क आर्जन गरेका थिए । 

Advertisement

नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै तीन अर्ब ३२ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सले एक अर्ब ८६ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेको छ भने हिमालयन लाइफ इन्स्योरेन्सले एक अर्ब ४३ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेको छ ।

प्राधिकरणका तथ्यांकशास्त्री बसन्त बोहोरले जीवन बीमा व्यवसायको घट्नुको कारण देशको कमजोर आर्थिक स्थितीमा बीमा गराउनेहरुमा केही कमी आएको बताए । 

कुन कम्पनी कति आर्जन गरे बीमाशुल्क ?

undefined


 

Advertisement