सूर्यज्योति लाइफविरुद्ध फेरि अर्को उजुरी, रु. १० लाख ठगी गरेको आरोप (प्रमाणसहित)

Advertisement

काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरन्स कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत)विरुद्ध फेरि नेपाल बीमा प्राधिकरणमा अर्को उजुरी परेको छ । 

जालसाँजीमा बीमा गराएको भन्दै ‘श्रेष्ठ’ थरका बीमितले प्राधिकरणमा उजुरी दर्ता गराएका हुन् । उनले दर्ता गराएको उजुरीमा बीमा जालसाँजी गर्ने सूर्यज्योतिबाट भएको घटनाको अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ । 

Advertisement

उजुरीपत्रमा उल्लेख भएअनुसार बीमितले आफू र आफ्ना परिवारको बीमा गर्ने भन्दै सूर्यज्योति लाइफ इस्योरेन्सले ऋण लिन लगाएको, झुक्याएर एकल बीमा पोलिसि खरिद गराएको उल्लेख छ । त्यस्तै, बीमितले उक्त पोलिसि किनेपछि पुनः कम्पनीले ‘सरेण्डर’ (समर्पण) गर्न लगाएर ठगी गरेको आरोप पनि लागेको छ । 

बीमितले बीमा ऐनको परिच्छेद १३ को उपदफा (ज) बमोजिम बीमा जालसाँजी अन्तर्गत सूर्यज्योतिलाई आवश्यक कारबाही गर्न र आफ्नो रकम फुकुवा गराउन माग गरेका छन् । 

यस्तो थियो घटना
बीमितले २०७७ माघमा तत्कालिन सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको न्यूरोड शाखा प्रमुखबाट एकल बीमा गराउन आफूलाई फकाईफुल्याई झुक्याएर बीमामा आवद्ध गराएको बयान दिएका छन् । उनले आफू बीमा अभिकर्ता भएमा आफ्नो छोराको समेत निःशुल्क बीमा हुने आशा देखाएको बताएका छन् । अहिले पनि निःशुल्क बीमा र उधारो बीमा गैरकानुनी भएकाले त्यसमा प्राधिकरणले रोक लगाएको छ । 

श्रेष्ठलाई १० लाख रुपियाँ नगद फाइदा हुन्छ भन्दै शाखा प्रमुखले बीमा गराउन लगाए पनि पछि उनले २७ लाख रुपियाँ ऋण लिएर बीमा गराए । तर न्यूरोडका शाखा प्रमुख र सूर्यज्योतिका सीईओ प्रकाशबिक्रम खत्रीले सो १० लाख आफूहरुले बाँडफाँट गरेर आफूमाथि ठगी गरिएको पीडितको जिकिर छ । 

बीमितले उजुरीमा आफ्नो जग्गा समेत दृष्टिबन्धक अवस्थामा परेको र आफ्नो छोराको नाममा २७ लाख रुपियाँ ऋण जस्ताको त्यस्तै रहेको भन्दै आफूले पटक पटक गुनासो गर्दा पनि कम्पनी पक्षबाट कुनै सुनुवाई नभएपछि बाध्य भएर प्राधिकरणको शरणमा पुगेको उल्लेख गरेका छन् ।
 
पीडितले सूर्यज्योतीका सीईओ खत्रीले आफ्ना कर्मचारीलाई जोगाउन आफूलाई सास्ती दिएर धपाएको आरोप लगाएका छन् । यता, प्राधिकरणका एक उच्च अधिकारीले जालसाजीमा बीमा गर्ने कुनै पनि बीमकलाई नछोडने बतायो । यस घटनाबारे प्रतिक्रिया लिन खोज्दा सीईओ खत्रीले भने फोन उठाएनन् । 

बीमितको उजुरीलगायतका पत्र 

undefinedundefinedundefinedundefinedundefined

 

Advertisement