नाडाको नयाँ कार्य समितिमा पदाधिकारी चयन, वरिष्ठ उपाध्यक्षमा गोल्छा, महासचिवमा उप्रेती

Advertisement

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को नयाँ कार्यसमितिका पदाधिकारी चयन गरिएको छ । 

गत शुक्रबार काठमाडांैमा सम्पन्न भएको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४७औं वार्षिृक साधारण सभाले करण चौधरीलाई अध्यक्ष पदमा सर्व सम्मत रुपमा निर्वाचित गरेको थियो । त्यसैगरी १७ जना केन्द्रीय कार्य समिति सदस्यहरुलाई समेत सर्वसम्मत रुपमा निर्वाचित गरेको थियो । 

Advertisement

यसैक्रममा आज नव निर्वाचित अध्यक्ष चौधरीको अध्यक्षतामा बसेकोे नाडा केन्द्रीय कार्य समितिको पहिलो बैठकले नाडाको विधान २०७१ को संशोधित विधान २०८० बमोजिम निम्म बमोजिमका पदाधिकारीहरु सर्बसम्मत रुपमा निर्वाचित गरेको हो । निबर्तमान अध्यक्ष डा. ध्रुव थापा, बरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठलाई चयन गरेको छ । 

त्यसैगरी सो बैठकले महासचिवमा सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंहानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाललाई निर्वाचित गरेको छ । यसैक्रममा सो बैठकले संस्थागत सदस्यहरुमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारीलाई निर्वाचित गरेको छ । 

त्यसैगरी सो बैठकले केन्द्रीय कार्य समितिको सदस्य पदमा सुनिल रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदिपमान प्रधान, यमुना श्रेष्ठ, संजयकुमार खेतान, नवराज भुषाल, ऋद्धि कार्की, दिपेन्दकुमार मिश्र,र सौरभ थापालाई निर्वाचित गरेको छ । 

नाडाको उक्त विधान बमोजिम नव निर्वाचित अध्यक्ष चौधरीले मेघराज पौडेल,     निलमणी पाठक र सोहन श्रेष्ठलाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनित गरेको छन् । 


 

Advertisement

Advertisement