‘लगानीको क्षेत्रमा नियमकानुन बाधक छन् भने परिवर्तन गरौं र तयारीसहित लगानी सम्मेलन गरौं’

Advertisement


काठमाडौं । युवा उद्यमी प्रबलजंग पाण्डेले लगानी सम्मेलनको औचित्य र कारणबारे दर्जन बढी प्रश्न गरेका छन् । 

सामाजिक सञ्जालमा लेख्दै उनले लगानी किन गर्ने, केमा गर्ने, पहिलेका लगानी सम्मेलनबाट के उपलब्धि भयो भन्दै प्रश्न सोधेका छन् । 

उनले लेखेका छन्, ‘लगानी सम्मेलन किन गर्ने ? केमा लगानी गर्ने ? पहिलेका लगानी सम्मेलनबाट के उपलब्धि भयो ? विदेशी लगानीमा सञ्चालित परियोजनाहरुको हालसम्मको भोगाइ के छ ? नेपाली उद्योगको आफ्नै देशमा लगानी गरिरहँदाको अवस्था कस्तो छ ? के नेपाली उद्योग बन्द गराएर विदेशी लगानी सम्वभ होला र ? भूतप्रवाही कर प्रणालीले विदेशी लगानी आकर्षित होला र ? नेपाली बजार दिनप्रतिदिन घटदो क्रममा रहँदा स्वदेशी उद्योग त बन्द भइरहेका अवस्थामा विदेशी लगानी गर्दा बजार कहाँ पाउने ?’

Advertisement

सबैभन्दा पहिले यी प्रश्नको जवाफ खोज्न र समाधान निकालेर क्षेत्र पहिचान गर्न पनि उनले आग्रह गरेका छन् । 
 
‘सबैभन्दा पहिला यी प्रश्नहरुको जवाफ खोजौँ र समाधान निकालेर क्षेत्र पहिचान गरौँ,’ पाण्डे भन्छन्, ‘लगानी गराउने क्षेत्रमा नियमकानुन बाधक हुनेछन् भने परिवर्तन गरौँ र पूर्ण तयारीसहित लगानी सम्मेलन गरौँ ।’

Advertisement

Advertisement