वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध सवा करोड भ्रष्टाचारको मुद्दा

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृतविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै सवा करोड रुपियाँ बिगो दाबी गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
 
कोइरालाले सेवा प्रवेशावधि र छोड्दाको मितिसम्मको आम्दानी र खर्चको हिसाब गर्दा एक करोड २५ लाख ९६ हजार रुपियाँ गैरकानुनी रुपमा आर्जन गरेको आयोगको दाबी छ । 

Advertisement

त्यसैगरी आयोगले नापी कार्यालय रुपन्देही बुटवलका नापी निरीक्षक ध्रुवराज मरासिनीविरुद्ध पनि भ्रष्टाचारकै मुद्दा दायर गरेको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १३ को जग्गा कित्ताकाट गर्दा सार्वजनिक बाटो व्यक्तिका नाममा दर्ता गरेको आरोप मरासिनीलाई लागेको छ । 
 

Advertisement