सन् २०२३ मा पच्चीस लाख साठी हजार बिएमडब्ल्यू कार बिक्री

Advertisement

बर्लिन । जर्मन कार निर्माता कम्पनी बिएमडब्ल्यू ग्रुपले मिनी रोल्स रोयस कारको विश्वव्यापी बिक्रीमा वार्षिकरूपमा ६.५ प्रतिशतले वृद्धि गरी सन् २०२३ मा २५ लाख ६० हजार पुगेकोे जनाएको छ । 

ब्याट्रीबाट चल्ने विद्युतीय बाहन (बीईभी) को डेलिभरी वार्षिक रूपमा ७४.४ प्रतिशतले बढेर तीन लाख ७६ हजार भन्दा बढी सङ्ख्या पुगेको कम्पनीले जनाएको छ ।

Advertisement

बिएमडब्ल्यू एजीको बोर्ड अफ म्यानेजमेन्टका सदस्य जोचेन गोलरले भने, ‘हाम्रा नयाँ, अत्यधिक आकर्षक र प्राविधिक रूपमा उत्कृष्ट सवारी साधनहरूको साथ, हामी २०२३ मा विद्युतीय आवागमनलाई अझ गतिशील रूपमा बढाउन सक्षम भएका छौं । यस वर्ष, कम्पनीका नवनिर्मित कारको हरेक पाँचमध्ये एक बीईभी हुने र सन् २०२५ सम्ममा कूल उत्पादनको चारमध्ये एक बीईभी कार बनाउने लक्ष्य राखिएको छ ।’ 

गोलरले भने, “हाम्रो पूर्ण विद्युतीय उत्पादनहरूको लागि हामीले माग निरन्तर उच्च भइरहेको देखेका छौँ ।”

चीनमा बिएमडब्ल्यू ब्रान्ड र मिनीको बिक्री ४.२ प्रतिशतले बढेर करिब आठ लाख २५ हजार पुगेको छ । रासस/सिन्ह्वा

Advertisement

Advertisement