‘आईएसएमटी’ले गर्यो ‘जब फेयर’ ठूला कर्पोरेट हाउस पनि सहभागी, के भन्छन् वस्ती ?

Advertisement

काठमाडौं । राजधानीको तीनकुनेस्थित ‘आईएसएमटी कलेज’ले विभिन्न ठूला व्यापारिक घरानाहरुसँग आफ्ना विद्यार्थीहरुलाई प्रत्यक्ष साक्षात्कार गर्ने अवसर प्रदान गरेको छ । कम्पनीले आज बुधबार कलेज परिसरमा आयोजना गरेको ‘जब फेयर २०२४’मा व्यापारिक घनाराहरु पनि सहभागी भए । मेलामा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति थियो । 

कलेजका ‘बिजनेस डेभलपमेन्ट हेड’ वासुदेव वस्तीले आफूहरुले रोजगार मेला आयोजना गर्नुको मुख्य उद्देश्य भनेको विद्यार्थीहरुलाई आफ्नो शिक्षा र व्यावसायिक सीपलाई सिधै सम्बन्धित कम्पनीहरुसँग जोडनका लागि हो भने । 

Advertisement

कर्पोरेट नेपालसँगको कुुराकानीमा उनले भने, ‘हामीले वर्षमा कम्तिमा पनि दुई वटा ‘जब फेयर’को आयोजना गर्दै आएका छौं । बिबिए, बिएचएम, बिएसआईटी, एमबिए, एमएसआईटी, साईबर सेक्युरिटि एण्ड डिजिटल फरेन्सिक शिक्षा सञ्चालन गरिरहेका छौं । यस्ता कार्यक्रमहरुले हाम्रा विद्यार्थीहरुको लागि आईएसएमटी कलेजले विद्यार्थीलाई पढाउने मात्रै भन्दा पनि व्यावसायिक ज्ञान, दक्षता पनि दिने गरेको पुष्टि गरेको छ । त्यस्ता ज्ञान उपयोग गर्न कम्पनीको ढोकामा पुग्नेभन्दा पनि कलेजले आफ्नै प्राङ्गणमा ठूला कम्पनीहरु बोलाएको अवस्था हो ।’

कलेज परिसरमा राखिएका २१ स्टलमध्ये विभिन्न ठूला व्यापारिक घराना र कम्पनीहरुको सहभागिता रहेको थियो । त्यस्ता घरानामध्ये लेमन ट्रि, टुलिफ्स टेक्नोलोजि, बज्र, सिप्रद्धी, म्यारिओट होटल, लेक बेसी होलिडेज, डिशहोम, एफवान सफ्ट र फोन–पेलगायत सहभागी थिए । 

ती घरानाहरुले विद्यार्थीहरुको ‘वायोडाटा’ हेरेर उनीहरुको जागिरको अन्तरवार्ता लिएका छन् । कुल २१ कम्पनीहरुको स्टल रहेको सो ठाउँमा २२५ विद्यार्थीहरुले अन्तरवार्ता दिए । कलेजले आफ्नो बिबिए, बिएचएम, बिएसआईटिलगायतका संकायमा अन्तिम वर्ष अध्ययनरत रहेका विद्यार्थीहरुलाई यस्तो अवसर प्रदान गरेको हो । यो व्यावहारिक समेत रहेको वस्तीको भनाई छ । 

कतिपय कलेजबाट ‘पासआउट’ भएका विद्यार्थीहरुले पनि जागिरका लागि यस मेलामा अन्तरवार्ता दिएको आईएसएमटी कलेजको भनाई छ । विद्यार्थीहरुले कलेजमा र सम्बन्धित कम्पनीमा गरी दुई पटक अन्तरवार्ता दिनुपर्छ । दुई वर्ष अघिबाट कलेजले यस्तो मेलाको अभ्यास गर्दै आएको छ । 

यस्तो अभ्यासबाट विद्यार्थीहरुले काम खोज्ने झन्झटबाट मुक्ति पाउने, विद्यार्थीहरुले पढ्नै क्रममा नै व्यावसायिक बजारको अवस्था बुझ्न सहज हुने कलेजको भनाई छ । आजको रोजगार मेलाबाट कम्तीमा पनि एक सयले रोजगारी पाउने कलेजको अनुमान छ । ​आईएसएमटी कलेजका विद्यार्थीहरुले अर्को देशको अन्य कलेजमा पढ्न चाहेमा ‘माइग्रेसन सर्टिफिकेट’ तयार गर्नुनपर्ने वस्तीले बताए । 

उनले यस खालको मेला राजधानी बाहिरका कलेजका शाखाहरुमा पनि आयोजना हुने गरेको बताउँदै नेपालमा पढेका कतिपय विषयहरु अन्य देशमा जाने विद्यार्थीहरुले त्यहाँका विश्वविद्यालयबाट समेत निरन्तरता दिँदै आफ्नो अध्ययन पूरा गर्नसक्ने बताए । 

के भन्छन् कर्पोरेट हाउसका प्रतिनिधि ? 
टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.का आकर्षण महर्जनले कम्पनीको एचआर डिपार्टमेन्ट (मानव संशाधन विभाग)को प्रतिनिधित्व गर्दै मेलामा आएको बताए । उनले आफूहरुले प्रत्येक वर्ष आईएसएमटी कलेजले आयोजना गर्ने मेलामा सहकार्य गर्दै आएको बताए । 

यसले दुईतर्फी काममा सहज बनाएको महर्जनको भनाई छ । उनले भने, ‘एउटा भनेको कलेजका विद्यार्थीहरुले जागिर पाउनुभएको छ भने अर्को कुरा भनेको हामीले पनि दक्ष विद्यार्थीहरु एकै ठाउँमा पाउन सफल भएका छौं । कतिपय युवाहरु देशको रोजगारी नबुझी विदेशिरहनु भएको बेलामा हामीले एकजना विद्यार्थी जागिरको खोजीमा आजै बुटवलबाट रात्री बस चढेर यो कार्यक्रमका लागि आउनु भएको पनि पायौं ।’

त्यस्तै, डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम)की एचआर प्रतिनिधि सोनिका पाण्डेले नयाँ विद्यार्थीहरुलाई, इन्ट्रनसिपका लागि पनि आफूहरुले अवसर दिने गरेको बताइन् । उनले आफूहरुले भोलिका दिनमा सिक्न चाहने र काम गर्न इच्छुक विद्यार्थीहरुलाई अवसर दिएको बताइन ।

के भन्छन् विद्यार्थी ? 
रोजगार मेलामा सहभागी विद्यार्थी युवराज कँडेलले आफू हाल बुटवलमा बिएचएम अध्ययन गरिरहेको र मेलामा अन्तरवार्ता दिन रात्री बस चढेर आजै काठमाडौ आईपुगेको सुनाए । 

उनले भने, ‘म आज बिहान मात्रै आईपुगेको हो । अन्तरवार्ता दिएपछि मलाई राम्रो जागिर पाउँछु भन्ने विश्वास लागेको छ । मैले फुडमाण्डु, एयरलाइन्स र अटोमोवाइल कम्पनीमा अन्तरवार्ता दिएको छु । तीन वटामध्ये दुई वटा कम्पनीले मलाई रुचाउनुभएको जस्तो लाग्छ ।’ 

उनले आफ्नो परीक्षा पूरा हुने बित्तिकै जागिर पाउने र जागिरका लागि ‘कस्टोमर सेटिस्फेक्सन’, सर्भिस र एचआर विभागका लागि मौखिक आवेदन दिने मौका पाएको बताए । undefined

Advertisement