पूर्वडीआईजी शाहलाई भ्रष्टाचार मुद्दामा ३ वर्षको कैद सजाय

Advertisement

काठमाडौं । नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) महेशबिक्रम शाहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा ३ वर्ष कैद सजाय सुनाएको छ ।

दोषी ठहर भएका उनलाई १६ लाख ६९ हजार रुपियाँ विगो र त्यति नै जरिवाना समेत भराउन पनि आदेश भएको हो । सोही मुद्दामा पूर्व सई दीपेन्द्र प्रसाद पनेरुलाई पनि शाहलाई बराबर कैद, बिगो र जरिवानाको फैसला भएको छ भने प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव बिशुंखेले सफाई पाएका छन् । 

Advertisement

मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा ३३ लाख ३८ हजार रुपियाँ अनियमितता गरेको आरोप थियो । भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको अख्तियारको दावी थियो ।

Advertisement

Advertisement