नेपालको आफ्नै पर्यटन सुत्र चाँडै सार्वजनिक गछौंः किराती

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालाले अब पर्यटनको आफ्नै सुत्र बनाउने बताउँदै त्यो चाँडै सार्वजनिक हने बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले नेपालको आफ्नै पर्यटन सुत्र बनाउनुपर्ने खाँचो रहेको बताए । पर्यटन क्षेत्रलाई चलायमान बनाउन सन् २०२३ देखि २०३३ सम्म भ्रमण दशक घोषणाा गरी बनाउने भनिए पनि सुरुवात हुन नसकेकोमा किरातीले चित्तबुझ्दो जवाफ दिएनन् । 

Advertisement

उनले अब १० वर्षमा बार्षिक ३५ लाख पर्यटक भित्राउने सरकारको लक्ष्य रहेको बताउँदै भने, ‘नेपाल भ्रमण दशक भनेर सरकारले ल्याएको कार्यक्रम हो । त्यसलाई चाहिँ प्रभावकारी कार्यक्रम बनाएर अगाडी सार्नेगरी तयारी गर्दैछौं ।’ सन् २०२३ मै भ्रमण दशकको शुभारम्भ गरिनुपर्नेमा अहिलेसम्म भएको छैन् । 

मन्त्री किरातीले थपे, ‘हामीले टुरिजम क्षेत्रको सुत्र बनाउनुपर्ने छ । नेपालको कुन सुत्रमार्फत नेपालको पर्यटनको विकास गर्न सकिन्छ ? त्यसलाई मध्यनजर गर्दै पर्यटनको आफ्नै सुत्र बनाइ त्यो चाँडै हामी सार्वजनिक गछौं । नेपालमा पर्यटन–पर्यटन भन्ने गरिन्छ । तर, कुनलाई प्राथमिकता दिने ? कुनलाई नदिने ? भन्ने टुगो छैन् । त्यस कारणले पहिला त्यसको नीति तयार गरी कार्यक्रमहरु सार्वजनिक गछौं ।’

सन् २०२३ मा १० लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेकोमा उनले गर्व गरे । नेपालमा पर्यटकको संख्या वृद्धि हुनुमा यहाँस्थित विदेशी कूटनीतिक नियोगहरूको समेत महत्वपूर्ण योगदान र भूमिका रहेको किरातीले बताए । गैरआवासीय नेपालीहरुको संख्यालाई समेत जोडेर १० लाखभन्दा बढी भएको भन्दै कतिपय पर्यटन व्यवसायीले अरु देशले करोडौं पर्यटन भित्राउन सफल भइरहेको बेला नेपाल १० लाखमा रमाउन नहुने तर्क गर्छन् । 

Advertisement