विश्वका प्राकृतिक भ्रमण गन्तव्यहरुको सुचीमा काठमाडौं सबैभन्दा अगाडि

Advertisement

काठमाडौं । विश्वका प्राकृतिक भ्रमण गन्तव्य (नेचर डेष्टिनेसन)हरुको सुचीमा नेपालको राजधानी काठमाडौं सबैभन्दा अगाडि परेको छ । 

ट्राभल गाइड प्लेटफर्म ‘ट्रिप इडभाजर’ले यस बर्ष सार्वजनिक गरेको यस्तो सुचीमा काठमाडौं पहिलो नम्बरमा परेको हो । ट्रिप एडभाइजरले हरेक बर्ष यस्तो सुची सार्वजनिक गर्नेगर्छ । उसले यस बर्ष ‘ट्राभल च्वाइस अवार्ड’बाट काठमाडौं छानिएको बताएको बताएको छ । 

Advertisement

‘नेचर डेष्टिनेसन’मा पहिलो नम्बरमा परे पनि ‘वेष्ट डेष्टिनेसन’मा २५ शहरमध्ये काठमाडौं २४औंमा परेको छ । ट्राभल डेष्टिनेसनले सात विधामा यात्रा गन्तव्यको सुची सार्वजनिक गरेको हो । यसअघि ‘द न्युयोर्क टाइम्स’ले सन् २०२४ मा घुम्नका लागि उपयुक्त विश्वका ५२ शहरहरुको सुचीमा काठमाडौं पनि परेको थियो ।

ट्रिप एडभाइजरको वेभसाइटमा नाम आउँदा नेपालको प्रचारप्रसारमा सहयोग पुग्ने र पर्यटक आगमनमा सहयोग पुग्ने नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।

Advertisement