प्रभु महालक्ष्मी लाइफको साधारण सभाबाट १७ प्रतिशत हकप्रद ल्याउने प्रस्ताव पारित

Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

लाइफ इन्स्योरेन्स कम्पनीले सम्पन्न गरेको उक्त सभाबाट चुक्तापुँजीको १७ प्रतिशत हकप्रद शेयर प्रस्ताव पारित भएको छ भने ६ जना संचालक समेत चयन भएका छन् ।

Advertisement

उक्त साधारण सभाबाट २०७८।७९ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत भएको छ भने आर्थिक वर्ष २०७९।८० को लेखापरीक्षक पनि नियुक्त भएका छन् ।

आज सम्पन्न साधारण सभाले कम्पनीको संस्थापक समूहबाट चार जनालाई चयन गरेको छ । संस्थापक समूहतर्फ वीरेन्द्र जंग पाण्डे, शिक्षा भट्टचन , सम्झना अर्याल र सुशन शेरचन रहेका छन् । त्यस्तै, सर्वसाधारण तर्फबाट भने शंकर गौतम र ज्योति शेरचन गरी दुईजना निर्विरोध निर्वाचित भएका छन् ।  

जाजरकोट भूकम्पमा परेका नागरिकहरुलाई दिइएको १० लाख रुपियाँ बराबरको रकम पनि साधारण सभाबाट पारित भएको छ ।

Advertisement

Advertisement