रु. ४० करोड लगानीमा ‘डे क्राउन इन’ सञ्चालनमा, ३६० डिग्रीमा बुटबल बजार हेर्न सकिने

Advertisement

काठमाडौं । बुटवलमा होटल ‘डे क्राउन इन’ सञ्चालनमा आएको छ । माघ १ देखि सञ्चालन भएको होटल ‘सफ्ट ओपनिङ’ गरी सञ्चालनमा आएको हो । 

यस होटलको ‘ग्राण्ड ओपनिङ’ (औपचारिक उद्घाटन) चाहिँ आउँदो वैशाखमा हुने होटलका प्रबन्ध निर्देशक शान्तम थैबले जानकारी दिए । ‘डे क्राउन इन’मा बुटवलको पहिलो ‘रुफटप’ सञ्चालनमा ल्याएको बताउँदै उनले बारबाट बुटवलभरी ३६० डिग्रीमा दृश्यावलोन गर्न सकिने बताए । 

Advertisement

होटलको अवस्थिति पनि राजमार्गमै रहेको छ । थैबका अनुसार अहिले होटलको तारा भने लिएको छैन् । उनले भने, ‘अहिले नै तारामा नलैजाने र एउटा प्रोपर बिजनेस होटलको रुपमा स्थापना लैजान लागेका छौं । यो कर्पोरेट होटल हो । हामीले नेपालमै ‘डे क्राउन इन’ भनेर सुरु गरेका हौं । यसमा ४० करोड लगानी भएको छ ।’

आफूहरुको परिवारिक व्यावसाय पनि ‘इलेक्ट्रिकल र क्राउन लाइटिङ’ भएकोले होटलको नाम पनि ‘डे क्राउन इन’ राखेको थैबले बताए । उनले थपे, ‘होटलमा बेसमेन्ट, मुख्य लबि, सभा हल, डे क्याफे, फाइनडाइन, किचन र सबैभन्दा माथिल्लो तल्लामा बार छ । होटल सञ्चालनमा आएसँगै रुम बुकिङ पनि राम्रो आइरहेको छ । होटल पनि बुटवल शहरको नजिक रहेकोले पर्यटकहरुलाई सहज हुन्छ । हामीले विदेशी तथा आन्तरिक पर्यटकलाई नै केन्द्रीत गरेर सेवा सुविधा दिइरहेका छौं ।’ 

‘डे क्राउन इन’मा ४० वटा कोठाहरु छन् जसलाई सुविधाअनुसार डिलक्स, एक्जेक्विटिभ डिलक्स र सेमि सुइट रुम भनेर तीन वर्गमा छुट्टाएको उनले जानकारी दिए । थैबले औपचारिक उद्घाटनको बेला विशेष छुट र सुविधाको पनि व्यवस्था गर्न लागेको जानकारी दिए । 

दोस्रो चरणमा ब्याङक्वेट हल पनि थप्ने ‘डे क्राउन इन’को योजना छ । आठ महिनापछि यस्तो अब तयार गरिने उनले बताए । होटल निर्माण गरी सञ्चालनमा ल्याउन चार बर्ष लागेको अनुभव सुनाउँदै थैबले कोरोना महामारीले गर्दा बीचमा काममा ढिलाई भएको बताए । 

स्नातक तहको अध्ययन भारतमा र स्नातकोत्तर तहको अध्ययन थाइल्याण्डमा गरेका २६ बर्षीय थैब आफूले प्राप्त गरेको ज्ञान, पुँजी र दक्षता प्रयोग गरी होटल व्यावसाय सुरु गरेको बताए । 

Advertisement