एनआईसी एशियाका सीईओ न्यौपानेको तस्वीर दुरुपयोग गरी ह्वाट्सअप खाता

Advertisement

काठमाडौं । एनआईशी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपानेको नाम र तस्बिर दुरुपयोग भएको छ ।

सामाजिक सञ्जाल ह्वाट्सअपमा उनको तस्बिर दुरुपयोग गरी खाता खोलिएको हो । 

Advertisement

ह्वाट्सअपमा आफ्नो नाम र तस्बिरको दुरुपयोग गरी कसैले अनावश्यक मेसेज पठाएको, संवाद गरेकाले सम्बन्धित सबैलाई सहज रहन न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आग्रह गरेका छन् ।

न्यौपानेको नाम र तस्बिर मोबाइल नम्बर ९८२७६३३४२५ को ह्वाट्सअपमा प्रयोग भएको देखिएको छ ।


 undefined
 

Advertisement

Advertisement