टीभीएसले ल्यायो ‘तिमी, म र टीभीएस’ योजना,  रु. ७००० सम्म नगद छुट पाइने

Advertisement

काठमाडौं । जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘तिमी, म र टीभीएस’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले टिभिएस बाईक तथा स्कुटरको खरिदमा रु. ७००० सम्मको नगद छुट पाउन सक्नेछन्  साथै कम ईएमआइ सुविधा, मात्र रु. ३९९९ बाट सुरु हुने कम्पनीले जनाएको छ । 

Advertisement

यो योजना एनटोर्क, रेडर, अपाचे १६० २भी, अपाचे १६० ४भी, अपाचे २०० ४भी जस्ता टिभिएसका उत्पादनहरूमा लागू हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो योजना गण्डकी, धौलागिरि र बागमती बाहेक अन्य स्थानहरूमा लागू हुने छ । 

यस योजनासंगै कम्पनीले मात्र रु. ३९९९ बाट सुरु हुने  सबैभन्दा कम ईएमआइ सुविधा हाइलाइट गर्दै नेपाल अधिराज्य भर लागु हुने गरी ‘सेलिब्रेसन अफर’ पनि सार्वजनिक गरेको छ । 

जगदम्बा मोटर्स नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । 

Advertisement