राष्ट्रपतिको दौडबाट आफू पछि हट्दै फ्लोरिडाका गभर्नरद्धारा ट्रम्पलाई समर्थन

Advertisement

काठमाडौं । फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस आईतवार न्यु ह्याम्पशायर प्राइमरीको दुई दिनअघि २०२४ राष्ट्रपतिको दौडबाट बाहिरिएका छन् । उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छन् । 

आफूसँग विजयको स्पष्ट बाटो नरहेको भन्दै डेसेन्टिभले ट्रम्पलाई समर्थन गर्दै बहुसंख्य रिपब्लिकन प्राथमिक मतदाता डोनाल्ड ट्रम्पलाई अर्को मौका दिन चाहेकाले आफू पछि हटेको बताए । 

Advertisement

ट्रम्प ५१ प्रतिशतका साथ अग्रस्थानमा छन् भने डिसेन्टिस २१ प्रतिशतका साथ दोस्रो स्थानमा छन् । उनले रिपब्लिकन प्राइमरी मतदाताहरूको बहुमत डोनाल्ड ट्रम्पलाई रहेको बताए । सिन्ह्वा–नान

Advertisement

Advertisement