श्रीलंकाको केन्द्रीय बैंकले ब्याजदर परिवर्तन नगर्ने

Advertisement

कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई क्रमशः ९ प्रतिशत र १० प्रतिशत कायम गर्ने निर्णय गरेको छ ।

केन्द्रीय बैंकले आन्तरिक र अन्तरराष्ट्रिय समष्टिगत आर्थिक विकासक्रमको व्यापक मूल्याङ्कनपछि सोमबार मौद्रिक बोर्डले यस्तो निर्णय गरेको जनाएको छ ।

Advertisement

बोर्डले निकट अवधिमा मुद्रास्फीतिमा उल्टो दबाब ल्याउने सम्भावित कर र आपूर्ति साइड कारकहरूमा हालैका घटनाक्रमहरूको प्रभावलाई समेत नोट गरेर सो निर्णय गरेको जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार यी घटनाक्रमको प्रभावले मध्यम अवधिको मुद्रास्फीतिको दृष्टिकोणलाई वास्तविक रूपमा परिवर्तन गर्ने छैन ।

लगातार छवटा त्रैमासिक आर्थिक संकुचन पछि श्रीलंकाको अर्थतन्त्रले सन् २०२३ को तेस्रो त्रैमासिकमा विस्तार भएको देखाएको छ । 

श्रीलंकाले बढ्दो मुद्रास्फीतिको सामना गर्न सन् २०२२ मा आफ्नो ब्याज दरमा उल्लेखनीय वृद्धि गरेको तियो । रासस/सिन्ह्वा 

Advertisement

Advertisement