दक्षिण कोरियामा आगलागी हुँदा २२७ पसलहरू नष्ट

Advertisement

काठमाडौं । दक्षिण पश्चिमी दक्षिण कोरियाको एक समुन्द्री उत्पादन बजारमा भएको आगलागीमा २२७ पसल जलेर नष्ट भएका छन् । 

राति करिव ११ बजेर ८ मिनेटमा भएको आगलागी राजधानी सियोलबाट लगभग १७० किलोमिटर दक्षिणमा पर्दछ । तीब्र हावा र बजारको खचाखच भरिएको संरचनाका बीच दमकललाई आगो निभाउन कठिन भएपछि करिव नौ घण्टापछि पूर्ण रूपमा निभाइएको थियो । 

Advertisement

बजारका २९२ पसलमध्ये २२७ पसल जलेर नष्ट भएका छन् । आगलागी हुँदा बजारमा कोही नभएकाले मानवीय क्षति भने भएको छैन् । घटनाको वास्तविक कारणबारे अनुसन्धान गरिरहेको बताइएको छ । सिन्ह्वा–नान

Advertisement

Advertisement