निर्जीवन बीमा कम्पनीहरुको व्यापारमा साढे ४ अर्बको गिरावट, कुन कम्पनीको कस्तो छ व्यापार ?

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिना (गएको पुससम्ममा) निर्जीवन बीमा कम्पनीहरुको व्यापारमा साढे चार अर्बको गिरावट भएको छ । 

उक्त अवधिमा कम्पनीहरुले १९ अर्ब ३९ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेका छन् । जबकी उनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा २३ अर्ब ६ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेका थिए । 

Advertisement

यसरी निर्जीवन बीमा व्यावसायमा भारी गिरावट आउनुमा आर्थिक मन्दीलाई मुख्य कारणको रुपमा हेरिएको छ । पछिल्लो समय आर्थिक मन्दीका कारण व्यापार व्यावसायिमा सुस्तता आउनुका साथै निर्माण कार्यमा समेत कमी आएको छ ।  

प्राधिकरणका तथ्यांकशास्त्री बसन्त बोहोराले जीवन बीमातर्फको नवीकरण राम्रो भए पनि निर्जीवन बीमातर्फ भने नयाँ व्यावसायमा केही कमी आएकाले कम्पनीहरुले आर्जन गर्ने प्रिमियम घट्न पुगेको बताए । 

उनले गत आर्थिक वर्षको तुलनामा निर्जीवन बीमा व्यावसाय घटे पनि समग्रमा कम्पनीहरुले आर्जन गरेको बीमाशुल्कमा ठूलो क्षति भने नदेखिएको बताए । 

समीक्षा अवधिमा सबैभन्दा धेरै बीमाशुल्क शिखर इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । उक्त कम्पनीले दुई अर्ब ४५ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले दुई अर्ब ३४ करोड रुपियाँ आर्जन गरेको छ भने तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक अर्ब ९७ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेको छ । 

कुन कम्पनीले कति बीमाशुल्क संकलन गर्यो ? 

undefined

Advertisement