५० प्रतिशत हकप्रद निष्कासनका लागि रिडी पावरको बुक क्लोज मिति तय

Advertisement

काठमाडौं । रिडी पावर कम्पनीले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर बिक्री प्रयोजनका लागि माघ २२ गते बुक क्लोज गर्ने भएको हो । अतः माघ २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई १ः०.५० अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर जारी गर्न अनुमति दिएको छ । जसअनुसार यसले प्रतिकित्ता १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपियाँबराबरको सेयर निष्कासन गर्न लागेको हो । 

Advertisement

हाइड्रोपावरको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफी जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपियाँ रहेको छ । हकप्रदपछि यसको पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement