स्वास्थ्यमन्त्री नै भन्छन्-‘अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन’

Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् । 

सोमवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे । नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरु रहेको बताए । कमजोरीहरुलाई हटाएर अघि बढ्न आवश्यक रहेको बताए । 

Advertisement

उहाँले जनसंख्या बढीरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरु पनि बढ्दै जान आवश्यक रहेको बताए । देशमा कामै नपाउने अवस्था रहेको बताए ।  दक्ष जनशक्ति नहुने र आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारो भइरहेको बताए ।  

उनले भने, ‘मैले सर्सती हेर्दा अब ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन । यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन् । त्यो कमी कमजोरीलाई हटाएर आगामी दिनहरुमा बिरामीको संख्या अब घट्ने होइन बढ्ने हो । जनसंख्या घट्ने होइन बढ्ने नै हो । त्यसकारण स्वास्थ्यकर्मीहरु बढ्न त जरुरी छ । एकथरी सेवासुविधा कमजोर भएर पलायन हुने अवस्था छ । एकथरी काम गरेर बस्दा पनि आफ्ना बालबच्चाहरु राम्रा स्कुलमा पढ्न नसक्ने, राम्रो शिक्षा पाउन नसक्ने, घर व्यवहार हाम्रो चल्न नसक्ने एउटा अवस्था । अर्को कामै नपाउने अवस्था छ । अर्को दक्ष जनशक्ति नहुने अवस्था, यसले यो स्वास्थ्य क्षेत्र अर्थात आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारा आइलागेका छन् । र अर्को कुरा भौतिक पूर्वाधारदेखि लिएर अरु कुरा छन् ।’

मन्त्री बस्नेतले आगामी दिनमा मासिक २० लाखसम्म पारिश्रमिक पाउने जनशक्ति बनाएर विदेश पठाउने बताए । 

Advertisement