आईपीओ निष्काशन गर्न लागेको मारुती सिमेन्टले चाँडै पीपीसी सिमेन्ट उत्पादन सुरु गर्ने

Advertisement

काठमाडौं । सर्वसाधारण जनताका लागि प्रिमियम मूल्यमा शेयर निष्काशन गर्न लागेको मारुती सिमेन्ट्स लिमिटेडले चाँडै नै पीपीसी सिमेन्ट पनि उत्पादनको तयारी गरेको छ । 

कम्पनीले गत पुस महिनामा प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । हालसम्म ओपीसी मिसेन्ट मात्रै उत्पादन गर्दै आएको सिमेन्टले अब पीपीसी सिमेन्ट पनि उत्पादनको तयारी गरेको हो । नेपालमा पहिलो पटक ५३ ग्रेडको ओपीसी  सिमेन्ट उत्पादन गर्ने कम्पनी मारुती हो । अहिले पीपीसी सिमेन्टको सर्टिफिकेट लिने प्रक्रियामा कम्पनी रहेको छ । 

Advertisement

कम्पनीले सय रुपियाँ अंकित मूल्यमा १७७ रुपियाँ प्रिमियम थपेर प्रतिकित्ता २७७ रुपियाँमा साधारण शेयर निष्काशन गर्न अनुमति माग गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल एक करोड १६ लाख कित्ता शेयर निष्काशन गर्ने योजना बनाएको हो । 

 कुल तीन अर्ब २१ करोड ३२ लाख रुपियाँ बराबरको शेयर निष्काशन गर्न प्रस्ताव गरेको मारुतीले शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

Advertisement

Advertisement