इजलाशमा बहस सुन्दासुन्दै न्यायाधीश मरासिनीको हृदयघातका कारण निधन

Advertisement

काठमाडौं । पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनिको हृदयघातका कारण आइतबार निधन भएको छ । इजलाशमा बहस सुन्दासुन्दै उनलाई हृदयघात भएको जनाइएको छ । 

हृदयघात लगत्तै मरासिनीलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर अस्पतालमा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । अहिले उनको शव कलंकीको नेसनल हस्पिटलमा राखिएको जनाइएको छ । 

Advertisement

मरासिनीको निधनपछि उच्च अदालतले आजका सबै पेसी स्थगित गरेर शोक मनाएको छ । जिल्ला अदालतबाट हालै मात्रै बढुवा भएर उच्चमा पुगेका उनको आज चन्द्रकान्त ज्ञवालीसँग संयुक्त इजलाश तोकिएको थियो । 

Advertisement