सगरमाथा आरोहण गर्ने कान्छा आरोहीले खोले बुढानीलकण्डमा फरक खालको रिसोर्ट

Advertisement

काठमाडौं । बुढानीलकण्ठमा करिब सात रोपनी क्षेत्रफलमा सगरमाथाको कान्छो आरोही तेम्बा छेरी शेर्पाले ‘तेम्बाज हाउस बेड एण्ड ब्रेक्फास्ट’ र ‘अल्पाइन प्रेज’ नामक रिसोर्ट सञ्चालनमा ल्याएका छन् । 

जग्गा भाडामा लिएर उनले पूरानाहरु सामगीहरुको प्रयोग गरी रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । रिसोर्ट सञ्चालनमा आएको करिव एक महिना भएको छ । शेर्पाले भने, ‘अहिले करिब ७० प्रतिशत काम पूरा भइसकेको छ । खानाको मेनु सबै आइसकेको छ । स्टाफ पनि हामीले नौ जना राखिसक्यौं ।’ अब केही फर्निचर थप्न र कोठाहरु व्यवस्थित गर्न बाँकी रहेको उनले जानकारी दिए । 

Advertisement

शेर्पाले थपे, ‘हामीले यो रिसोर्टलाई लग्जरियस नबाउने, नेचर (प्राकृतिक) आउटडोर सेवा सुविधा दिन खोजेका हौं । साथै, हामीसँग बाहिर कफी सप, बार, टेन्ट, स्विमिङ पुल पनि छ । यो एक्दम आउटडोर स्टाइलको रिसोर्ट हो । प्रकृतिप्रेमीहरूको लागि यो राम्रो ठाउँ हो ।’ फरक ढंगको यो रिसोर्ट मानिसहरुले मन पाउने आफूहरुको अपेक्षा रहेको उनले बताए । काठमाडौंभित्र यस्तो खालको रिसोर्टहरु त्यति नरहेको शेर्पाले बताए । रिसोर्टमा साधारण खालका सामग्रीहरु राखेको सुनाउँदै उनले अबको एक महिनामा यसको औपचारिक सञ्चालन गर्ने बताए । 

रिसोर्ट निर्माण गर्न करिब एक करोड लगानी भएको शेर्पाले बताए । यसमा आठ वटा मात्रै कोठा छन् भने २० जना मात्रअटाउने क्षमता छ । बच्चाहरुको लागि खेल्ने ठाउँ पनि बनाउने उनले बताए । शेर्पाले भने, ‘हामीले विदेशी तथा विशेषगरी आन्तरिक पर्यटकहरुलाई नै केन्द्रीत गरेर यो रिसोर्ट बनाएका हौं । ‘अल्पाइन प्रेज’ नै नाम राख्नुको मुख्य कारण भनेको म आफै पनि एउटा आउटडोरसँग सम्बन्धित् पर्वतारोही, ट्रेकिङमा भएकोले हो । रिसोर्टमा एशियाली व्यञ्जन, कोरियाली बार–बे–क्यू, हटपटलगायत खानाका परिकार हुन्छन् ।’  
आफू पर्वतारोही भएकोले रिसोर्टभित्र हिमालमा प्रयोग गरिने सामगीहरु राखेको उनले बताए । सबै कोठाहरुको नाम हिमालको नाममा राखिएको छ । ती कोठामा नामअनुसारका हिमालका तस्वीर राखिएका छन् । 

रिसोर्टको अर्को मुख्य आकर्षण भनेको यसभित्र ठूलो–ठूलो बाँसको रुख छ । यसले पनि रिसोर्टको आकर्षण थपेको शेर्पाले दावी गरे । दोलखाको गौरीशंकर टासिनाममा जन्मिएका उनले सन् २००१ मे २३ मा १६ बर्षको उमेरमा सगरमाथा चढेर सबैभन्दा कान्छो आरोही बन्दै गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । 

सगरमाथाको आरोहणमा जानुअघि आफूले राजा वीरेन्द्रलाई भेटेको स्मरण गर्दै शेर्पाले भने भेटमा राजा वीरेन्द्रले मलाई ‘आफूलाई धेरै गाह्रो नपार्नु । सगरमाथाको सफल आरोहणपछि फेरि भेटौंला’ भन्नुभएको थियो । तर दुःखको कुरा अर्को महिना जुन १ मा दरबारमा दुखद घट्ना घट्यो । राजा र राजपरिवारको नरसंहार भयो ।’  

अहिले शेर्पाले आफूलाई पर्वतारोहण उद्यमीको रुपमा रुपान्तरण गरेका छन् । उनले करिव एक दशकदेखि ट्रेकिङ एण्ड एक्सपेडिसन एजेन्सी सञ्चालन गर्दै आएका छन् । शेर्पा खङ्ग्री आउटडोरका संस्थापक तथा प्रबन्ध निर्देशक हुन् । उनले चीनको वुहान विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेशनमा स्नातक तह अध्ययन गरेका छन् ।  

null

null

null

null

null

undefined

Advertisement