सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

Advertisement

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement