बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा ‘डल्फिन’ विटुमिन ब्राण्डको आकर्षण

Advertisement

काठमडौं । राजधानीको भृकुटीमण्डपमा जारी “नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा एचआर गोयर ग्रुपले आफ्ना विभिन्न उत्पादन तथा सामग्रीहरु प्रदर्शनका लागि राखेको छ । 

निर्माण सामग्रीहरुलाई नेपाली बजारमा बढावा दिँदै नवीन निर्माण प्रविधि र उत्पादनहरू प्रदर्शन गर्ने उद्देश्यले  आयोजित नवौं संस्करणको यस प्रदर्शनीको आकर्षणको रुपमा गोयल ग्रुपको विटुमिन राखिएको छ । 

Advertisement

स्टल नं.०–०२३ मा सडक निर्माण कार्यको लागि आवश्यक केमिकलहरु, माईक्रो सिलिका, एमवाईके आर्मेन्टका उत्पादनहरु, वाटर प्रुफिङ केमिकल आदि राखिएका छन् । बलियो र बर्षौसम्म टिक्ने सडक पिच गर्ने कार्यमा प्रयोग गरिने विश्वस्तरीय गुणस्तर भएको भीजी–१० तथा भीजी–३० गुणस्तरको डल्फिन ब्राण्डको विटुमिन एचआर गोयल ग्रूप अन्तर्गतको अरविन्द इम्पोरियम प्रा.लि.ले आयात र बिक्री गर्दै आएको छ । 

अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरी उच्च गुणस्तरको विटुमिन मात्र बिक्री वितरण गर्दै आईरहेको सो समूहको भनाई छ । विटुमिनका साथै यो समूह निर्माण कार्यमा प्रयोग हुने एमवाईके आर्मेन्टका विभिन्न उत्पादनहरु समेतको आधिकारीक बिक्रेता समेत रहेको छ । यसका उत्पादनहरु विभिन्न ठूला निर्माण परियोजनाहरुमा संरचनाको आवश्यकता अनुसार हाइ ग्रेड कंक्रिट बनाउन, वाटर प्रुफिङ र ग्राउटिङ तथा सिमेन्टलाई छिटो सेट गराउनका लागि प्रयोग हुने गर्छ । 

डल्फिन विटुमिनको डिपो नेपालका प्रमुख शहरहरु विराटनगर, वीरगञ्ज, भैरहवा तथा नेपालगञ्जमा रहेका छन् भने विटुमिनको गुणस्तर परीक्षण गर्न चाहने उपभोक्ता, ग्राहकहरुको लागि अरविन्द इम्पोरियम प्रा.लि.ले निःशुल्क ल्याव परीक्षण गर्ने सुविधा समेत उपलब्ध गराउने गर्छ । विटुमिन खरिद गर्ने ग्राहक, उपभोक्ताहरुको लागि विज्ञ प्राविधिकमार्फत निःशुल्क रुपमा बिक्रीपछिको सेवा समेत दिँदै आएको गोयर ग्रुपले जनाएको छ ।
 

Advertisement