चिलिमे जलविद्युतको खुद नाफा घट्यो, यस्तो छ कारण

Advertisement

काठमाडौं । चिलिमे जलविद्युत्को खुद नाफा घटेको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ५.५१ प्रतिशतले घटेर ३७ करोड ९१ लाख ४१ हजार रुपियाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा कम्पनीले ४० करोड १२ लाख ३० हजार रुपियाँ खुद नाफा कमाएको थियो । 

यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी घटेकाले खुद नाफा प्रभावित भएको हो । 

Advertisement

एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २.०६ प्रतिशतले घटेर ६१ करोड २० लाख ३७ हजार रुपियाँ पुगेको छ । गत आवमा कम्पनीले विद्युत् बिक्रीबाट ६२ करोड ४८ लाख ९४ हजार रुपिँयाँ आर्जन गरेको थियो । 

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा न्यून अतिरिक्त विद्युत ऊर्जा खरिद गरेका कारण कम्पनीको विद्युत बिक्री आम्दानी घटेको कम्पनीले जनाएको छ । 

समीक्षा अवधिमा चिलिमे जलुविद्युतको चुक्ता पुँजी ७ अर्ब ९८ करोड ३९ लाख ९७ हजार रुपियाँ रहेको छ । यसअवधिमा नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । प्रतिशेयर आम्दानी १.३४ रुपियाँले घटेर ९.४० रुपियाँमा आएको छ । प्रतिशेयर नेटवर्थ १३१.८० रुपियाँ छ ।

Advertisement

Advertisement