अपर तामाकोशीको लिलामी शेयर भर्दा नपरेको पैसा आजदेखि फिर्ता

Advertisement

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी शेयर भर्दा बाँडफाँटमा नपरेको रकम आज (माघ २२ गते) बाट फिर्ता हुँदैछ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार आजदेखि लिलामीमा नपरेको रकम क्रमशः फिर्ता हुँदै जानेछ । 

आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै क्लियरिङ हाउसको कनेक्ट आइपिएसमार्फत रकम फिर्ता पाउनेछन् । यस लिलामीमा ३० हजारभन्दा बढीले आवेदन दिएका छन् । यसको कट अफ प्राइस १४७ रुपियाँ आएको छ । 

Advertisement

कम्पनीले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याइएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो । 

यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका हुन् ।

Advertisement

Advertisement