सानिमा माई हाइड्रोको खुद नाफा सामान्य बढ्यो, चुक्ता पुँजी कति ?

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सानिमा माई हाइड्रोपावरको खुद नाफा बढेको छ । समीक्षा अवधिमा हाइड्रोको नाफा ३.४६ प्रतिशतले बढेर ३३ करोड ४३ लाख ७ हजार रुपियाँ पुगेको छ ।

गत आवको सोही अवधिमा कम्पनीले ३२ करोड ३१ हजार ३९ लाख रुपियाँ खुद नाफा कमाएको थियो । 

Advertisement

त्यस्तै, चालू आवको ६ महिनामा विद्युत् बिक्रीबाट हुने आम्दानी भने १.१३ प्रतिशतले घटेर ४९ करोड ९२ लाख ३२ हजार रुपियाँमा सीमित भएको छ । विद्युत् बिक्रीबाट हुने आम्दानी घटे पनि वित्तीय आम्दानी बढ्दा खुद नाफा बढेको हो । गत वर्ष २ करोड २८ लाख ५० हजार रुपियाँ रहेको वित्तीय आम्दानी यो वर्ष २ करोड ७२ लाख ७० हजार रुपियाँ कायम भएको छ ।

चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपियाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १०.८२ रुपियाँ र प्रतिशेयर नेटवर्थ १८९.०७ रुपियाँ छ । 

Advertisement