पेम्बा ग्याल्जे शेर्पाद्धारा आकानकागुवा हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । माउन्टेन गाइड पेम्बा गेल्जे शेर्पाले दक्षिण अमेरिकाको अग्लो हिमाल आकानकागुवा (६,९६१ मिटर) हिमालको सफल आरोहण गरेका छन् । 

शेर्पा नेपाल नेशनल माउन्टेन गाइड एशोशिएमा आवद्ध माउन्टेन गाइड पनि हुन् । नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसन इन्टरनेशनल फेडरेशन अफ माउन्टेन गाइड्स एसोसिएसनमा आवद्ध दक्षिण एसियाकै एक मात्र संस्था हो ।

Advertisement

उनले यही माघ २४ गतेका दिन अर्जेन्टिना समय अनुसार बिहान ११ः३० बजे आकानकागुवा हिमालको सफल आरोहण गरेको कर्पोरेट नेपाललाई जानकारी दिए । शेर्पाले दुई जना अमेरिकी आरोहीलाई गाइड गर्दै आरोहण गरेका हुन् । ती दुई जना आरोहीले उक्त हिमालको पहिला पनि आरोहण गर्न प्रयास गरेका थिए, तर आरोहण सफल भएन । यसपटक उनीहरुले गाइड गर्न आफूलाई बोलाएको उनले सुनाए । 

यो हिमाल हेर्दा सानो देखे पनि जोखेम नै छ, यसै पाली तीन जनाको मृत्यु भएको उनले जानकारी दिए । सातै महादेशका अग्ला शिखरमा मध्ये आकानकागुवा पनि एउटा हो । सातै महादेशका अग्ला शिखरहरु सगरमाथा, आकानकागुवा, माउन्ट एल्ब्रस, डेनाली, किलिमन्जारो, कास्र्टेन्स पिरामिड र माउन्ट भिन्सन हुन् ।

गएको असोज १० गते बिहान ७ बजे विश्वको आठौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) बिना अक्सिजन १२ घण्टामा आरोहण गरी नयाँ कीर्तिमान कायम गर्न सफल भएका थिए । उनले यसअघिको रेकर्डलाई तोड्दै नयाँ कीर्तिमान कायम गरेका थिए । उनले इमाजिन नेपाल ट्रेक्समार्फत मनास्लु आरोहण गरेका थिए । साँझ ७ बजे मनास्लु आधार शिविरबाट आरोहण सुरु गरी भोलिपल्ट बिहान ७ बजे मनास्लुको चुचुरोमा पुगेका शेर्पाले यसअघिको १३ घण्टाको कीर्तिमान तोड्दै १२ घण्टामा शिखरमा पुगेका थिए ।

उनले हालसम्म सगरमाथा, केटु, मकालु, कञ्चनजङ्घा, चो ओयु, मनास्लु, अमा दब्लम, हिमलुङ, चोलात्से, आइल्याड पिक, मेरा पिक, लोबुचे लगायत हिमालहरुको सफल आरोहण गरेका छन् ।

undefined

Advertisement