राजनीतिक परिस्थिति जटिल र पेचिलो बन्दै गएको छः दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक परिस्थिति तरल, जटिल र पेचिलो बन्दै गएको बताएका छन् । 

शुक्रबार आफ्नो पार्टीको स्थायी समिति बैठकमा उनले वर्तमान राजनीतिक परिस्थिति तरल रहेको ब्रिफिङ गरेका हुन् । सो पार्टीका प्रवक्ता अग्नि सापकोटाको अनुसार दाहालले भने, ‘वर्तमान परिस्थितिमा अहिले तरल भएको छ । जटिल र पेचिलो बन्दैछ । अहिले हाम्रो मुख्य कार्यभार भनेको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनुपर्छ भनेर पाटीहरुमा घनिभूत छलफल भइरहेको छ ।’

Advertisement

बैठकमा नेताहरुले टीआरसी विधेयक यही अधिवेशनबाट सत्तापक्ष र प्रतिपक्ष दलसँग छलफल गरेर सहमतिमै टुंग्याउनुपर्ने र विधेयकमा सहमति जुटाउनको लागि हदैसम्म प्रयास गर्न सुझाव आएको सापकोटाले  जानकारी दिए । 

Advertisement

Advertisement