घाटा घटाउँदै अपर तामाकोशी, ईपीएस ऋणात्मक

Advertisement

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासमा अपर तामाकोशी हाइड्रोपावरको नोक्सानी घटेको छ । गत आवको सोही अवधिमा ८२ करोड ४८ लाख रुपियाँ नोक्सानमा रहेको कम्पनी समीक्षा अवधिमा घटेर २५ करोड ७६ लाख रुपियाँमा आएको छ । 

त्यस्तै, कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ४ अर्ब ९८ करोड रुपियाँबाट बढेर ५ अर्ब ३५ करोड रुपियाँ पुगेको छ । साथै, कर्मचारी सञ्चालन खर्च भने २० करोड ५३ लाख रुपियाँबाट बढेर २७ करोड ५१ लाख रुपियाँ पुगेको छ । 

Advertisement

१९ अर्ब ४७ करोड रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीे रिटेन्ड अर्निङ शीर्षकमा ७ अर्ब ५७ करोड रुपियाँ ऋणात्मक छ । 

कम्पनीको प्रतिशेयर आम्दानी १.३२ रुपियाँ ऋणात्मक र प्रतिशेयर नेटवर्थ ६१.११ रुपियाँ छ । 

Advertisement