सरकारले माग्यो ११ ठेकेदार कम्पनीसँग स्पष्टीकरण, चित्त नबुझे कालोसूचीमा राख्ने चेतावनी

Advertisement

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ ठेकेदार कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । 

विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्न सिफारिसमा परेका कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालो सूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको हो ।

Advertisement

सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न कार्यालयले निर्देशन दिएको छ । जवाफ चित्तबुझ्दो नभए कार्यालयले यी कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनीसमेत दिएको छ ।

undefined

Advertisement

Advertisement