आजदेखि अध्यागमनले बढायो सेवा अवधि, बिहान ८ देखि राति ८ बजेसम्म

Advertisement

काठमाडौं । अध्यागमन विभागले आज फागुन १ गतेदेखि नियमित प्रदान गर्दै आइरहेको सेवा अवधिको समय बढाएको छ । विभागले एक सूचना सार्वजनिक गरी आजबाट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म जनाएको छ । यो सेवा हप्ताको सातै दिन प्रदान गर्ने पनि विभागले जनाएको छ । 

यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएको थियो भने सार्वजनिक बिदामा सेवा प्रवाह हुँदैनथ्यो ।

Advertisement

विभागका निर्देशक रेवती रमण शर्माका अनुसार थप गरिएको समयमा ई–भिसा सर्भिस, पर्यटक भिसा थप, गैरपर्यटक भिसाबाट पर्यटक भिसामा रुपान्तरण, गैरपर्यटक भिसा जारी र ट्रेकिङ परमिट जारी गर्ने काम हुनेछ । त्यस्तै, ई–भिसाका लागि आवेदन तथा प्राप्ति प्रक्रियाका लागि विभागको वेबसाइटमा अपलोड गरिएको नमुना हेर्न विभागले भनेको छ ।


बिहान १० बजेअघि र साँझ ५ बजेपछि भने भिसा शुल्क भुक्तानी अनलाइन प्रणालीमार्फत गर्न सकिने सूचनामा उल्लेख छ । 


 

Advertisement