सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ घट्यो, चाँदी पनि सस्तियो

Advertisement

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement