सेरेसको थ्रीएस सुविधासहितको शोरुम बुटवलको कालीका नगरमा

Advertisement

काठमाडौं । बुटवलको कालीका नगरमा सेरेसले आफ्नोे अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ । 

कम्पनीले बुटवलमा थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरशिपका लागि इएम मोटर्ससँग साझेदारी गरेको हो ।

Advertisement

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ ।

अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष  हरिप्रसाद अर्याल, नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई, एमएडब्लू वृद्धि अटोकोर्पका बिजनेष हेड प्रशन्न पन्त, इएम मोटसका डाईरेक्टर राजेश घिमीरे  लगाएतले सोरुमको उद्घाटन गरेका थिए । 

रुपन्देहीमा इलेक्टिक चारपाग्रे सवारी साधनको माग बढदै गएको  भन्दै रुपन्देहीमा सेरेस गाडी लोकप्रिय हुने बिश्वास ब्यक्त गरे । शोरुम उद्घाटनको अवसरमा एक जना  ग्राहकलाई  इएम  मोटर्सले सेरेस थ्रि  इभी  गाडी हस्तान्तरण गरेको छ । 

सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा दु्रत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ । हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको छ ।
 

Advertisement