राशिफलः आज (फागुन १३) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल फागुन महिनाको १३ गते आइबार, फाल्गुन कृष्णपक्षको प्रतिपदा तिथि ।

मेष
मनमा आँटमा बृद्धि हुने छ । सम्भावनाका ढोकाहरु देखिने छ । अरुको विश्वास जित्न सकिने देखिन्छ । बाणि प्रभावकारी बन्ने छ । यात्रामा सफलता प्राप्त हुने छ । बौद्धिक खालको व्यक्तित्व बन्ने छ । मनमा भने अनावश्यक चिन्ताले सताउने छ । आम्दानीमा बृद्धि हुने संकेतहरु प्राप्त हुने छन् । धार्मिक आध्यात्मिक स्वाभाव बन्ने छ । शेयर क्षेत्र अनुकुल रहने छ ।

Advertisement

वृष 
जग्गा जमिन खरिद गर्ने विषयमा प्रगति हुने छ । पेशागत र ब्यावसायिक जीवनमा सकारात्मक कदमहरु अघि बढ्ने छ । साझेदारीमा भए गरेका कामहरुमा भने द्वन्द देखिने भएकाले सतर्क भई कदम चाल्नु नै उचित हुने छ । व्यक्तित्वमा दृढता आउँदा बलियो खालको स्वाभाव बन्ने छ । मेहनत र पराक्रमी स्वाभाव कायम हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

मिथुन 
निन्द्रामा समस्या देखिने छ । चिन्ताले सताउने हुँदा उत्साह र उमङ्गको कमि देखिने छ । मनमा नकारात्मक विचारहरु धेरै देखिने छ । भाग्यले साथ दिएकाले परिस्थिति धेरै बिग्रिहाल्ने भने छैन् । शरीरमा धेरै थहाई लाग्ने र शरीर कमजोर बन्ने छ । स्वास्थ्य अवस्था सन्तुलित बनाउन मेहनत गर्नु पर्ने छ । शेयर बजारमा संयमित रहनु होला ।

कर्कट
अरुलाई सहयोग गर्ने बानी हुने छ । दाम्पत्य जीवनमा मिठासपनाको अभाव देखिए तापनि कठिन अवस्थामा एकअर्कालाई सहयोग गर्ने बानी देखा पर्दा भविष्यका योजना निर्माण गर्न मद्धत मिल्ने छ । भाग्यहिनताले गर्दा थालिएका कामहरु निकै ढिला गरि मात्र सफलतातर्फ जाने छन् । मनमा आउने दृढताले जस्तो सुकै काम पनि गर्न सक्छु भन्ने चाँही लाग्ने छ । पेशागत जीवनमा समस्याहरुसँग जुध्दै अघि बढ्नु पर्ने समय रहेको छ । शेयर बजार औसत अवस्थाको हुने छ । 

सिंह
मित्रतामा मधुरता आउने छ । मधुरो बोली हुने हुँदा अरुको मन सहजै जित्न सकिने छ । आम्दानीमा बृद्धि देखा पर्ने छ । परिवारमा प्रेम, मिलन तथा शान्तिपूर्ण वातावरण हुने छ । परिवारका सदस्यहरुबीच सहयोगि भावमा बृद्धि हुँदा उन्नति प्रगतिका दिशा कायम हुने छ । रिसको मात्रामा भारी बृद्धि हुने भएकाले विचार पुर्याउनु पर्ने देखिन्छ । शेयर बजार सकारात्मक बन्न सक्ने छैन् ।

कन्या
कमाई धमाईमा ह्वात्त बृद्धि हुने छ । भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरुमा राम्रो नतिजा देखिने छ । तर भविष्यप्रतिको चिन्ताले सताई रहने छ । पेशागत जीवनमा भने केही समस्याहरुसँग जुध्नु पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा पनि द्वन्दात्मक अवस्था आइ लाग्ने छ । शेयर बजारमा धेरै उत्साही हुने अवस्था देखिँदेन् । 

तुला 
रोमाण्टिक बानी देखिने छ । पेशागत जीवनमा उन्नति प्रगतिका कदमहरु अघि बढ्ने छन् । नेतृत्व क्षमतामा आउने कमिले गर्दा आफूभन्दा तलका व्यक्तिहरुले हेप्ने छन् । जीवनसाथिसँग मनमुटाब बढ्ने छ । परिवारका सदस्यहरुले साथ दिने हुँदा सँहालिन निकै मद्धत मिल्ने छ । धार्मिक आध्यात्मिक विषयलाई उपेक्षा गर्ने बानी देखिने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

वृश्चिक
मनमा अदम्य साहस देखा पर्ने छ । दाम्पत्य जीवनमा प्रमिल वातावरण बन्ने छ । परिवारका सदस्यहरुबीच सहयोगी स्वाभाव हुने हुँदा परिवारमा एकता देखा पर्ने छ । मनमा शान्तिको अनुभुति हुने हुँदा उत्साहको अवस्था आउने छ । समाजले गौरव गर्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा पनि बृद्धि हुने छ । आर्थिक क्षेत्र भने मध्यम प्रकृतिमा सीमित हुने छ । शेयर बजार औसत रहने छ ।

धनु 
स्वास्थ्यमा समस्या आउने छ । औषधीजन्य विषयमा खर्च बढ्न जाने छ । मनमा खिन्नताले सताउने छ भने मनोबल कमजोर बन्ने छ । दाम्पत्य जीवनमा भनाभन र बिबादको अवस्था आउने छ । साझेदारीमा गरिएका काममा साझेदारहरुबीच झैझगडा र मनमुटावको अवस्था आउने छ । धन सम्पत्तिमा नोक्सानी देखिने भएकाले संयमित रहनु होला । शेयर बजारबाट भने लाभ मिल्ने छ । 

मकर
यात्रामा सफलता मिल्ने छ । नयाँ नयाँ काम गर्नमा उत्साह आउने छ । समय सकारात्मक रहेकाले उन्नति प्रगतिका अवसरहरु प्राप्त हुने देखिन्छ । पेशा ब्यवसायमा पनि सकारात्मक परिणामहरु प्राप्त हुने छ । मनमा दृढता आउने भएकाले अन्योलता हट्ने छ । परीवारिक जीवनबाट शान्तिपूर्ण अवस्था आउने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

कुम्भ 
आर्थिक पक्ष सवल बन्ने छ । ब्यावसायिक जीवनमा सकारात्मक परिणामहरु देखिने छ । आफ्नो काम प्रति गौरव बढ्ने छ । आफ्नो काम फत्ते गर्नका लागि कम्मर कसेर लागि पर्ने बानी हुने छ । तर मनमा भने निकै उदासिनता बढ्ने भएकाले संयमित रहनु होला । निर्णय क्षमता पनि कमि देखिने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्दात्मक अवस्था आउने छ । शेयर बजारबाट अपेक्षाकृत लाभ मिल्ने छैन् ।
 
मीन
दाम्पत्य जीवनमा समझदारी कायम हुने छ । साझेदारीमा गरिएका काममा पनि प्रगति हुन पुग्ने छ । आम्दानी गर्नु पर्दछ भन्ने सोचमा आउने तिब्रताले आयका क्षेत्रमा सक्रियता बढाउने छ । पेशाप्रति समर्पित हुने र मेहनत गर्न मन लाग्ने छ । आफ्ना सहकर्मी तथा माथिल्ला पदाधिकारीहरुसँग सन्तुलन कायम हुने छ । ब्यापार विजनेश, वाणिज्य, बजारीकरण, राजनीति, ब्यवस्थापन, संचारकर्मी, पत्रकारिता, सञ्चार क्षेत्र आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने समय सक्रिय छ । शेयर कारोवार सकारात्मक देखिएको छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement