राजेन्द्र महतोले छोडे लोसपा, अब नयाँ क्रान्ति गर्ने

Advertisement

काठमाडौं । नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सोमवार पत्रकार सम्मेलन गरी उनले लोसपा छोडेको घोषणा गरेका हुन् । 

महतोले कुनै एउटा पार्टी र राजनीतिक दलबाट राष्ट्रिय प्रतिक्रान्ति सम्भव नभएकाले लोसपा, जसपा, काँग्रेस, एमाले सबै पार्टीहरुमा समेत बहुल राष्ट्रिय मान्यताको अधिकारको पहिचानको मान्यता राख्नेहरु एकजुट हुनुपर्ने बताए । 

Advertisement

उनले आफ्नो क्रान्तिका लागि सबैले साथ दिन आह्वान गरेको बताए । महतोले राष्ट्रिय क्रान्ति मुक्तिका लागि अभियान, संघर्ष र बिद्रोहका क्रममा सशक्त आन्दोलन आवश्यक रहेको बताए । 

Advertisement

Advertisement