संसद र संसदीय समितिको निर्देशनलाई गम्भीररुपमा लिएर कार्यान्वयन गरेको प्रधानमन्त्रीको दावी

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद र संसदीय समितिले दिएको निर्देशनहरु सरकारले उच्च महत्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको दाबी गरेका छन् । 

बुधवार संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले समितिका सांसदहरुले उचित रुपले उठाएका प्रश्नहरुलाई सरकारले गम्भीर रुपमा लिने पनि बताए । दाहालले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन, समृद्धि, विकास र सन्तुलित परराष्ट्र नीति कायम गर्ने कुरामा मुख्य जोड दिँदै आएको बताए । 

Advertisement

प्रधानमन्त्री दाहालले सरकारले संघीयता कार्यान्वयनका लागि बाँकी कानूनहरुको निर्माण कार्यलाई अघि बढाएको बताए । उनले भने ‘संसद र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको व्यहोरा पनि जानकारी गराउन चाहन्छु । समितिमा माननीय सदस्यहरुले व्यक्त गरेका जिज्ञासाहरुमा पनि सरकारको धारणा तपाईहरुले उचित रुपले उठाएका प्रश्नहरुलाई सरकारले गम्भीर रुपले लिने नै छ ।’ 

विगत ४ वर्षदेखि गर्न नसकेको संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन बमोजिम गठन गरिएको प्रदेश समन्वय परिषद्को बैठक यसै पटक दुई पटक बसी संघीयताको कार्यान्वयनको सम्बन्धमा भएको विभिन्न निर्णयहरु कार्यान्वयन भएको भन्दै उनले सरकारले संघीयता कार्यान्वयनको सम्बन्धमा गरेका निर्णयहरु कार्यान्वयन गरिरहेको बताए । 

Advertisement

Advertisement