नरेन्द्र मोदीद्धारा एक करोड घरमा सार्य उर्जा जडान गर्ने योजना स्वीकृत, बढी बिजुली बेच्नसक्ने

Advertisement

काठमाडौं । भारत सरकारले देशभरका एक करोड घरपरिवारमा ‘रूफटप सोलार प्यानल’ (घरमा जडान गरिने सौर्य उर्जा) जडान गर्ने योजनालाई अनुमोदन गरेको छ । 

यसबाट उनीहरूले प्रतिमहिना तीन सय युनिटसम्म निःशुल्क बिजुली प्राप्त गर्न सक्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो यस योजनामार्फत लाभान्वित घरपरिवारले बिजुलीको बिल बचत गर्न र डिस्कम (वितरण कम्पनीहरू) लाई अतिरिक्त बिजुली बिक्री गरेर थप आम्दानी पनि गर्न सक्नेछन् । 

Advertisement

प्रश्तावित योजनाले आवासीय क्षेत्रमा रूफटप सोलारमार्फत ३० जिडब्ल्यु सोलार क्षमता थप्नेछ । एक हजार बियुएस बिजुली उत्पादन गर्नेछ । रूफटप प्रणालीको २५–वर्षको जीवनकालमा ७२० मिलियन टन सिओ २ बराबरको उत्सर्जनमा कमी ल्याउनेछ । 

सरकारकाअनुसार यो योजनाले उत्पादन, रसद, आपूर्ति श्रृंखला, बिक्री, स्थापना, ओ एण्ड एम (अपरेसन र मर्मतसम्भार) र अन्य सेवाहरूमा करिव १७ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ । योजना अन्तर्गत आवासीय रूफटप सौर्य स्थापनाका लागि केन्द्रीय वित्तीय सहायता (सिएफए) प्रदान गरिनेछ । 

आधिकारिक विज्ञप्तिअनुसार २ किलोवाट प्रणालीका लागि प्रणाली लागतको ६० प्रतिशत र २ किलोवाटदेखि ३ किलोवाट क्षमताको प्रणालीका लागि ४० प्रतिशत अतिरिक्त लागत सहायता दिइनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी २२ मा घोषणा गरेको यो योजना भारतमा घरपरिवारमा सौर्य ऊर्जा उपलब्ध गराउने उद्देश्यले हो । सिन्ह्वा–नान

Advertisement

Advertisement