त्रिशूली बस दुर्घटना अपडेट :  मृत्यु हुनेको संख्या ६ पुग्यो, ३८ को उद्धार

Advertisement

काठमाडौं । आज बिहान ४.४१ मा धादिङ  गजुरीस्थित गलौदीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो ।

Advertisement

बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । दुर्घटनास्थलबाट ३८ जनाको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सन्तु जैसवालले जानकारी दिए ।

उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

Advertisement