क्यासिनोका ‘भीआईपी प्लेयर’ एवं निर्माण व्यवसायीलाई स्वार्थ बाझिनेगरी शहरी मन्त्रालय

Advertisement

काठमाडौं । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका तर्फबाट नयाँ गठवन्धनको सरकारमा धनबहादुर बुढालाई स्वार्थ बाझिनेगरी शहरी विकास मन्त्रालयको जिम्मा दिइएको छ । 

निर्माण व्यवसायीसमेत रहेका उनी क्यासिनोका पूराना ‘भीआईपी प्लेयर’ पनि हुन् । तत्कालिन क्यासिनो अन्नका श्रमिकहरुका अनुसार बुढा प्रायः नियमितरुमपा नै क्यासिनो खेल्न आउँथे र लाखौं रुपियाँको गेम खेल्थे । राजनीतिमा पनि सक्रिय भएपछि भने बुढाको क्यासिनोहरुमा जाने क्रम घट्दै गएको हो । 

Advertisement

तिनै व्यक्तिलाई अहिले सरकारले शहरी विकास मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिएको छ । यसअघि निर्माण व्यवसायीसमेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका साँसद विक्रम पाण्डेलाई शहरी विकास मन्त्रालय दिँदा निकै आलोचना भएको थियो । अहिले फेरि सोही कुरालाई प्रधानमन्त्री पुष्पकमल दाहालले दोहोर्याएका छन् । 

‘क’ वर्गको निर्माण कम्पनी बुद्ध हिमाली निर्माण सेवाका सञ्चालक बुढा डोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । गठवन्धन बनाएर चुनाव लडेका कारण उनको सहज जित भएको हो । नभए उनको जितको कुनै संभावना थिएन् । बुढा यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्री समेत भएका थिए । एमालेका कार्यकर्ता रहेका उनी पार्टी विभाजन हुँदा माधव नेपालको पक्षमा लागेका थिए । 

Advertisement