नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार फागुन ३० बाट

Advertisement

काठमाडौं । एक–अर्कामा गाभिएका नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार फागुन ३० गतेबाट सुरु हुने भएको छ । 

यी दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले फागुन  २१ गते र कम्पनी रजिस्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिइसकेको छ । त्यस्तै, धितोपत्र बोर्डले पनि कात्तिक २४ बोर्डले मर्जरका लागि स्वीकृति दिएको हो । 

Advertisement

दुवै संस्था मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार हुनेछ । 

दुवै कम्पनी १ः१ को अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं ८ काभ्रेपलाञ्चोकमा रहने छ । 

फागुन ३० गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा स्थानान्तरणका लागि दुवै कम्पनीको सेवा फागुन २९ गते प्रभावित हुनेछ । 

Advertisement

Advertisement