काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोजस्तै छापावाल सुन प्रतितोला १ लाख २६ हजार र तेजावी सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।