विन नेपाल लघुवित्तको साधारणसभा आज, शेयरधनी जिल्लै !

Advertisement

काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको साधारणसभा आज (फागुन २९)  बस्दैछ । 

संस्थाले बिनालाभांश नै साधारण सभा बोलाएको हो । सभा होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा दिउँसो २ बजे बस्नेछ । 

Advertisement


सभाले गत आर्थिक वर्ष ०७९/०८० को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने प्रयोजनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

Advertisement

Advertisement