नेरुडे र मिर्मिरे लघुवित्तको शेयर कारोबार आजदेखि रोक्का

Advertisement

काठमाडौं । नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आज (बुधबार) देखि रोक्का हुने भएको छ । 

 ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्थाबमोजिम शेयर कारोबार रोक्का गर्न लागिएको हो ।  

Advertisement

नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएर फागुन ३० गतेबाट नेरुडे मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुँदैछ । 

दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

Advertisement

Advertisement